जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक र सभामुखको मतदान स्थगित भएको छ ।पोखरामा भएको विमान दुर्घटनाका कारण सरकारले शोक बिदा घोषणा गरेपछि बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ।
Advertisement
आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने र सभामुखको मतदान हुने कार्यतालिका थियो ।अब मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना सांसदहरूलाई पठाइएको हो ।