काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यातायात सुरक्षालाई प्रभावकारी बनाइने बताएका छन् । पोखरामा भएको विमना दुर्घटनाको शोकमा विदा दिएपछि सरकारको आलोचना हुन थालेपछि गृहमन्त्री लामिछानेले सार्वजनिक यातायातको सुरक्षालाई प्रभावकारी बनाउन काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
Advertisement
सामाजिक सञ्जाल ट्विटरमा उनले सार्वजनिक यातायातको सुरक्षाबारे छलफल चलिरहेको र अब आजैदेखि प्रभावकारी काम सुरु हुने उल्लेख गरेका छन् । यस्तै उनले घटना सेलाए पनि काम सेलाउन नदिने बताएका छन् ।