काठमाडौं । नेपालमा हालसम्म १ सय ४ वटा विमान दुर्घटनामा परेका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरर्ण एभियसन सेफ्टी रिपोर्ट ’ अनुसार व्यवसमयिक आन्तरिक उडानतर्फ ५० वटा विमान दुर्घटनामा परेका छन् । विदेशी १० वटा विमान दुर्घटना भएका छन् । एउटा इञ्जिन भएको ८ वटा, हेलिकप्टर वटा दुर्घटनामा परेका छन् । आइतबार मृत्यु भएका ६९ जना सहित हालसम्म साढे ६ दशकमा नेपालमा हवाईयात्रामा ९ सय १८ जनाले ज्यान गुमाईसकेका छन् । जसमध्ये आन्तरिकतर्फ ४ सय ३३, एउटा इञ्जिन भएका विमानमा २५, हेलिकप्टरमा ८५ जनाले ज्यान गुमाएका छन् । विदेशी वायुसेवातर्फ ३ सय ७५ जनाले ज्यान गुमाएका छन् ।
व्यवसायिक आन्तरिक उडानतर्फ पोखरामा भएको आजको विमान दुर्घटना अहिलेसम्मकै ठुलो र दर्दनाक मानवीय क्षती हो । एटीआर विमान नेपाली आकाशमा सबैभन्दा सुरक्षित मान्ने गरिन्छ । यती एयरलाइन्ससँग एटीआर ६ वटा विमान छन् । आज दुर्घटनामा परेको विमान एटीआर ७२–५०० थियो । यो विमानमा चालक दलका ४ सदस्य सहित जना सवार थिए । जसमा १५ जना विदेशी नागरिक थिए ।
पोखराको सेती खोँचमा भएको दुर्घटनामा ६९ जनाको मृ्त्यु भएको पुष्टी भैसकेको छ । यो दुर्घटना हालसम्मकै ठुलो हो । अन्तर्राष्ट्रिय उडान सहित भएका दुर्घटना हेर्दा आजको दुर्घटना तेस्रो ठुला दुर्घटना हो । यसअघि सन् २००० मा डडेल्धुराको जोगबुढामा भएको विमान दुर्घटनामा २५ जनाको ज्यान गएको थियो । नेपाली आकाशमा विदेशी विमान सन् १९९२ मा पाकिस्तान एयर ललितपुरको भट्टेडाँडामा दुर्घटनामाहुँदा १ सय ६७ जना र ग्यानफेदीमा थाई एयर दुर्घटनाहुदा १ सय १३ जनाले ज्यान गुमाएका थिए ।