काठमाडौं । पोखराको सेती खोँचमा भएको विमान दुर्घटनामा परि ज्यान गुमाउनेमा दुई जना चिकित्सक समेत परेका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ र श्रीमती डा. सोना दिवारकको मृत्यु भएको छ । उनीहरुसँगै रहेका १० महिनाको छोराको पनि मृत्यु भएको छ ।
Advertisement
६ वर्षदेखि ट्रमा सेन्टरमा कार्यरत डा. सुशिल अर्थोपेडिक तथा स्पाइनल सर्जन हुन् । डा. सोना एमडी अध्ययन तयारीमा थिइन् । उनीहरु पोखराको घरमा एक दुई दिन विदा मनाउन जादै थिए । डा. सोनाले छोरा जन्मेपछि काम छाडेर बसेकी थिइन् ।
ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनले देशले कुशल चिकित्सक गुमाएको दुखेसो पोखे । डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा समेत काम गरेका थिए ।