पर्वत । पोखराको सेती खोँचमा भएको विमान दुर्घटनामा परि ज्यान गुमाउनेमा बाबुछोरी पनि परेका छन् । कुश्मा नगरपालिका– ९ कटुवा चौपारीका ४६ वर्षिय अरुण पौडेल र छोरी ११ वर्षिया प्रसिद्धि पौडेलको मृत्यु भएको छ ।
Advertisement
मृतक पौडेल मंसिर ४ को चुनावमा पर्वतबाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार पनि थिए । उनी ९ वर्ष कोरियामा बसेर फर्केर काठ्माण्डौ बस्दै आएका थिए । छोरी प्रसिद्धि काठ्माण्डौ आमासँगै बसेर पढ्दै आएकी थिइन् ।
जाडो विदा मनाउन जन्मघर बुबासँग उनी जान लागेकी थिइन् । अरुण र प्रसिद्धिलाई लिन अरुणका भाई केशव पोखराको विमानस्थलमा कुरेर बसेका थिए । तर, अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको थियो ।