चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देवघाट मेलाको अवलोकन गर्नु भएको छ । हरेक वर्ष माघे संक्रान्तिको अवसरमाचितवन र तनहुँमा लाग्ने मेलाको मेयर दाहालले स्थलगत अवलोकन गरी त्यहाँको अवस्थाबारे जानकारी लिनु भएको हो ।
मेयर दाहालले देवघाटको वेणी संगममा स्नान गर्नुका साथै पुजा आराधाना गर्नुभयो ।मेलाको अवलोकन पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै मेयर दाहालले देवघाटधामलाई धार्मिक पर्यटीय क्षेत्रको रुपमा विकास गर्नमहानगरपालिकाबाट वर्षेनी ठुलो रकम विनियोजन गर्दै आएको बताउनुभयो ।
मेयर दाहालले देवघाटलाई थप व्यवस्थित गर्न सके ठूलो संख्यामा भक्तजनहरु भित्र्याउन सकिने उल्लेख गर्नुभयो । देवघाट भरतपुर महानगरको प्रमुख धार्मिक पर्यटीय क्षेत्र होूउहाँले भन्नुभयो, यसको महत्वलाई अन्तराष्ट्रियकरण गर्न जरुरी छ ।देवघाटलाई मौलिकशैलीमा विकास गर्नुपर्छ । यसतर्फ महानगरको ध्यान दिईरहेको छ ।”देवघाट मेलाको अवलोकन गरेपछि मेयर दाहाले बाल्यकालमा हजुर आमासँग मेला घुमेको स्मरण ताजा भएको बताउनुभयो । पवित्र धार्मिक तिर्थस्थल देवघाटधाममा माघे संक्रन्तिको अवसरमा हरेक वर्ष ठुलो मेला लाग्ने गर्दछ ।
नवलपुर, चितवन र तनहुँको सङ्गममा पर्ने यस धार्मिकस्थलमा माघे सङ्क्रान्ति मेला भर्न नेपालका साथै छिमेकी भातबाट समेत तीर्थालुआउने गर्दछन् । त्रिशुली नदी र कालीगण्डकीको संगम यसै दिनमा भएकोले यस दिनमा देवघाटधामको विशेष महत्व भएको हो । मकर संक्रान्तिकोदिनमा यस पवित्र देव नदीको संगममा स्नान गर्न सम्पूर्ण देवताहरु यहाँ आईपुग्ने अद्देश्यरुपमा भएपनि सम्पूर्ण देवताहरुको जमघट हुनेभएकाले यस समयमा संगममा स्नान गर्नुको ठूलो महत्व छ ।