पोखरा । पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । ४४ जनाको शव अस्पतालमा राखिएको छ । कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार ३ वटा थप देखिएपनि निकाल्न नसकिएको बताए ।
यती एयरको विमा आज पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । मृतकमध्ये ११ जनाको सनाखत भैसकेको छ । यती एयरको विमान आइतबार बिहान १०ः३२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको थियो । सो विमान अन्तिम पटक १०ः५० बजे पोखरा टावरसँग सम्पर्कमा आएको थियो । क्याप्टेन कमल केसीले रनवे १२ मागेका थिए । पोखरा ट्राफिक कन्ट्रोलरले रनवे ३० मा ल्याण्ड गर्न सुझाएका थिए ।
अर्को रनवेबाट आउन क्लियरेन्स दिने वित्तिकै दुर्घटनामा पुगेको जनाइएको छ । दुर्घटना के कारणले भएको भन्ने अझै खुलेको छैन । दुर्घटनामा १५ विदेशी सहित ६८ जना यात्रु थिए । थप ४ जना चालक सदस्यहरु रहेका थिए । उड्यन प्राधिकरणले ६८ जनाको मृत्यु भएको पुष्टी गरिसकेको छ ।