काठमाडौं । पोखरामा विहान भएको विमान दुर्घटनामा परेका ४ जना अझै फेला पर्न सकेका छैनन् । काठ्माण्डौबाट पोखराका लागि उडेको यती एयरको विमान पोखराको सेती खोचमा दुर्घटनामा परेको थियो ।
Advertisement
घटनास्थलमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर र रोप रेस्क्यु गरी १५ जनाको टोली पोखरा पठाएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।