काठमाडौं । काठ्माण्डौबाट पोखरा उडेको यति एयर पोखराको सेती खोँचमा दुर्घटनामा परेपछि यतिबेला उद्वार कार्य जारी छ । सो विमानमा चालक दलका ४ जना र यात्रुहरु ६८ जना सवार थिए ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्वार कार्यमा खटिएका छन् ।
Advertisement
पोखरा महानगरको दमकलले आगो निभाउने प्रयास जारी राखेको छ । हालसम्म ३२ जनाको शव फेला परिसकेको छ । पोखराको पुरानो विमानस्थलको पछाडी करिब २ किमि परको सेती दोभानमा दुर्घटनामा परेको थियो ।
सबै तस्विरः सामाजिक सञ्जाल