काठमाडौं । पोखरामा यती एयरको जहाज दुर्घटना भएलगत्तै दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गरेका छन् । प्रधानमन्त्रीले प्रभावकारी उद्दारमा लाग्न गृहमन्त्रालय, सुरक्षाकर्मी, सरकारका सम्पूर्ण निकायलाई निर्देशन समेत दिए ।
Advertisement
काठमाडौंबाट ६८ यात्रु र चालक दलकासहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन– एएनसी एटीआर ७२ जहाज दुर्घटना भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
दिउँसो साढे १ बजेलाई बैठक बोलाइएको हो । दुःखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले क्याबिनेट बोलाएको बालुवाटार सचिवालयले जनाएको छ ।