काठ्माण्डौ । पोखरामा विमान दुर्घटनाको घटनालाई लक्षित गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् बैठक बोलाएका छन् । आकस्मिक बैठकबाट विमान दुर्घटनाको छानविन, उद्वार तथा राहत उपलब्ध गराउनेबारे छलफल हुने जनाइएको छ ।
Advertisement
आकस्मिक बैठक दिउसो साढे १ बजे बस्दैछ । दुर्घटनामा परेको यती एयरको एटीआर ७२ जहाजमा ६८ यात्रु सहित ४ जना चालक दलका सदस्यहरु रहेका थिए । घटनास्थलबाट १६ जनाको शव निकालिएको छ ।