दमक । दमक–६ मा रहेको नमुना बजारमा आगलागी भएको छ । आगलागीबाट ९ पसलमा क्षती पुगेको छ । वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर आगलागी भएको थियो । उनका अनुसार लाखौ बराबरको क्षती पुगेको छ ।
Advertisement
पसलका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । जुत्ता तथा कपडाका पसलहरुमा क्षती पुगेको हो । आगलागीको कारण अझै खुलेको छैन । इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले विद्युत् सर्ट भई आगलागी भएको प्रारिभ्मक अनुमान गरिएको बताए ।
क्षतिको विवरण संकलन भैरहेको बताए । आगलागी ३ घण्टापछि नियन्त्रणमा आएको थियो । दमक सहित कमल, गौरादह, कानेपोखरी लगायतका बारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको प्रयासमा आगो निभाइएको थियो ।