प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सत्तारूढ दलका शीर्ष नेतासँग छलफल गर्दैछन् ।
Advertisement
शनिबार बिहान मात्रै प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका थिए् ।उनीहरूबीच पनि मन्त्रिपरिषद् विस्तार र भागबन्डाका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने बताएका थिए ।