भरतपुर । पश्चिम चितवनको पार्वतीपुरमा जारी कञ्चन खुल्ला पुरुष नकआउट भलिबल प्रतियोगितामा भोलि सेमिफाईनलका खेलहरु हुने भएका छन् । भोलि नै फाईनल गरि समापन गरिने कञ्चन समाज विकास परिषदले जनाएको छ ।भरतपुर–२१, कञ्चनबस्ती, पार्वतीपुर परिषदको खेल मैदानमा बाँकी खेलहरु हुने अध्यक्ष दुर्गाप्रसाद सुवेदीले बताए ।
पहिलो सेमिफाईनल खेलमा अमृत स्पोट्स, अमृतचोक र एनवाईसी शारदानगर विच प्रतिस्पर्धा हुने छ ।यस्तै दोस्रो खेल कालिका आनन्द टोल मनिपुर र काली बहादुर गणविच प्रतिस्पर्धा हुने र दुबै प्रतियोगीताबाट फाईनल टोली छानिने अध्यक्ष सुवेदीले जनाए ।
प्रतियोगितामा १६ समुह सहभागी छन् । भोली हुने समापन समारोहमा बाग्मति प्रदेश सांसद ठाकुर ढकाल, प्रदेश खेलकुद बिकास परिषदका सदस्य सचिव सुर्यलाल भण्डारी, जिल्ला खेलकुदका अध्यक्ष उत्तम गुरुङ्ग उपस्थित रहने उनले बताए ।
केहि सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरणसहित सम्मान कार्यक्रम पनि रहेको अध्यक्ष सुवेदीले बताए । भरतपुर २१ का वडा अध्यक्ष कृष्णकुमार गुरुङ्गले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार रुपैंया, द्वितीय पुरस्कार ३१ हजार र सान्त्वना पुरस्कार दुई वटा समुहलाई ११÷११ हजार प्रदान गरिने छ ।