काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ ।
Advertisement
रोल्पाबाट कार्यक्रममा सहभागी हुन पुगेका उनको स्वास्थ्यमा समस्या देखिएपछि शनिवार हेलिकोप्टरबाट काठमाडौं फर्किएका छन् ।
नेता पुन हालै मात्रै चीनबाट उपचार गरेर नेपाल फर्किएका हुन्। उनी वंशाणुगत जण्डिसबाट पीडित छन् । पुर्व अर्थमन्त्री पुन माओवादी केन्द्रका उपमहासचिव हुन् ।