काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा मन्त्रिपरिषदको पूर्णता, सभामुख, उपसभामुख निर्वाचनलगायतमा छलफल भएको बताईएको छ ।
Advertisement
सातदलीय गठबन्धनमा मन्त्रालय बाँडफाँट टुंग्याउन बाँकी छ । हाल ८ सदस्यीय मन्त्रिपरिषद्मा अब १७ जना थप्ने संवैधानिक सुविधा छ ।दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए ।
मन्त्रालय भागबन्डालाई लिएर प्रचण्ड–ओलीबीच अनौपचारिक सहमति भइसकेको छ । दुई नेताको निष्कर्षपछि गठबन्धनका शीर्ष नेता बसेर टुंग्याइने एक नेताले बताएका छन् ।