भरतपुर । पश्चिम चितवनकाे पार्वतीपुरमा कञ्चन खुल्ला पुरुष नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ । आज ३ खेल भएका छन् । कञ्चन समाजको खेल मैदान भरतपुर–२१, कञ्चनबस्ती, पार्वतीपुरमा भएको पहिलो खेलमा कञ्चन समाज विकास परिषद कञ्चनबस्ती विजयी भयो । पद्माेदय युवा क्लबलाई २५/२० र २५/२३ ले पराजित गर्दै कञ्चनबस्तीले जित हासिल गरेको हाे ।
यस्तै दाेस्राे खेलमा सुन्दर संगम युवा क्लब सुन्दरबस्तीलाई पाखा लगाउदै देवी दर्शन क्लब विजयी भएको छ । देवी दर्शनले २५/२० र २५/१४ काे साेझाे सेटमा सुन्दरवस्तीलाई हरायो ।
आजको अन्तिम खेलमा माडी ईन्टर मिलनलाई पराजित गर्दै मधुपुरी बत्तिस चर्च अघिल्लो चरणमा प्रवेश गरेको छ । मधुपुरीले २५/२३ र २५/१९ काे राेमाञ्चक प्रतिस्पर्धाद्वारा पराजित गरेको हाे । आजकाे प्रतियोगिताबाट ३ समुह अघिल्लो चरणमा गएछन् ।
भाेली बाँकी खेल हुने कञ्चन समाज परिषद कञ्चनबस्तीका अध्यक्ष दुर्गा प्रसाद सुवेदीले बताए ।प्रमुख अतिथी भरतपुर २१ का वडा अध्यक्ष कृष्णकुमार गुरुङ्गले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
कञ्चन समाजको चाहना, खेलकुद विकासको कामना’ भन्ने मूल नाराका साथ पौष २९ गतेदेखि सुरु भएको सो प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुदैछ ।
प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार रुपैंया, द्वितीय पुरस्कार ३१ हजार र सान्त्वना पुरस्कार दुई वटा समुहलाई ११÷११ हजार प्रदान गरिने अध्यक्ष सुवेदीले बताए । १६ समुह सहभागी छन् ।