पोखरा । पोखराका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन् । आज भएको प्रेदशसभा बैठकमा अधिकारीको पक्षमा ३१ मत र विपक्षमा २७ मत परेको हो ।
Advertisement
अधिकारीले नेकपा एमालेका २१, माओवादी केन्द्रबाट ८ र राप्रपाका २ गरी ३१ जना सांसदबाट मत पाएका हुन् ।अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सत्ता गठबन्धनको नेकपा एमालेबाट अधिकारी मुख्यमन्त्री बनेका हुन् ।
संघमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई गण्डकीमा पनि खगराजले आफूलाई विश्वासको मत दिन पत्र नै लेखेर अपिल गरेका थिए । तर, शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत नदिएर प्रतिपक्षमा बस्ने निर्णय ग¥यो ।