काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने रिहा भएका छन् । उनलाई केन्द्रीय कारागार, सुन्धाराबाट जिल्ला अदालत, काठमाडौं हाजिर गराइने जनाईएको छ । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख धरौटी बुझाएपछि छाड्न उच्च अदालत, पाटनले बिहीबार आदेश दिएको थियो ।
Advertisement
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो । आदेश प्राप्त हुनासाथ उनलाई अदालत उपस्थित गराइएको जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।
लामिछानेलाई धरौटीमा छाड्न अदालतले ५ वटा सर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्ने आदेश स्वतः निष्कृय हुने भनिएको छ ।