काठमाडौं । बजारमा सुनको मुल्यमा उतारचडाव आईरहेको छ । नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको हो । शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
Advertisement
तोलामा ५०० रुपैयाँले बढेपछि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३६५ रुपैयाँ पुगेको छ। यसअघि बिहीबार भने चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो ।