हेटौंडा/राप्ती । बागमती प्रदेशमा सभामुख पदको निर्वाचन गरि सुरु भएको छ । निर्वाचन प्रक्रिया सुरु गरिने गर्ने तय भएपनि निर्धारित समयभन्दा घण्टा पछि सुरु भएको हो ।प्रदेशसभा सचिवालयका अनुसार सभामुख पदका लागि प्रदेशसभाको बैठकमा मत विभाजन हुनेछ ।
सभामुख पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजुले मनोनयन दर्ता गरेका छन् ।सभामुखका लागि प्रदेशसभा सचिवालयले बिहीबार बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको थियो ।
बागमती प्रदेशसभाको सभामुखका सत्ता गठबन्धनका ५ वटा दलको समर्थनमा राप्रपाका पाठक उम्मेदवार बनेका हुन् । राप्रपाका पाठकलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ । बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद छन् । कांग्रेसका अधिकारीको पक्षमा ३७ जना सांसद हुने देखिएको छ । यता नेमकिपाकी सयजुको पक्षमा ३ जना सांसद छन् ।
लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ मा हुने
लुम्बिनी प्रदेशसभाले सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गतेका लागि तय भएको छ । प्रदेशसभा सचिवालयले माघ २ गते सोमबार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।सोही दिन साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यतालिका छ । माघ ३ गते मंगलबार सभामुख र उपसभामुख चयनको कार्यसूची प्रदेश सभा सचिवालयले प्रकाशित गरेको छ ।