काठ्माण्डौ । सुदूरपश्चिम प्रदेशमा सांसदहरु मन्त्री बन्न दौडधुपमा लागेका छन् । बुधबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त भएसँगै मन्त्रीका आकांक्षीहरु बढेका छन् ।
सत्तागठबन्धनले प्रदेशभित्रका ९ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी मन्त्रीमण्डल बनाउने तयारी थालेको छ ।
सांसदहरुले मन्त्री बन्नका लागि दलमा लविङ गर्न थालेका छन् । एमालेबाट चक्र मल्ल, सुरेन्द्र बहादुर पाल, धर्मराज पाठक, सन्तोष कुमारी शर्मा मन्त्री तथा राज्यमन्त्री बन्नसक्ने चर्चा छ । यता माओवादी केन्द्रबाट शिवसिंह ओली, खगराज भट्ट, रमेश धामी, ओमविक्रम भाटको मन्त्री तथा राज्यमन्त्री बन्ने लाइनमा छन् ।
आकांक्षीहरुको नाम चर्चामा आएपनि कुन मन्त्रालय कसले पाउने भन्ने टुंगो लागेको छैन । यो प्रदेशमा मुख्यमन्त्री सहित ११ सदस्यीय मन्त्रीमण्डल बन्नेछ । मुख्यमन्त्री रावलले आजै दिउसो ४ बजे पद तथा गोपिनियताको शपल लिनेछन् । शपथग्रहणसँगै उनले आजै मन्त्रीमण्डल पनि गठन गर्नेछन् ।