काठमाडौं । माघ २५ गते हुने राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप–चुनावमा भाग लिन निर्वाचन आयोगले दिएको दल दर्ताको समयसीमा आज सकिदै छ । हालसम्म नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दिएको आयोगले जनाएको छ ।
Advertisement
आयोगका अनुसार बुधबारसम्म २ टा दलले मात्रै निवेदन दिएका छन् । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक जना सदस्य पदका लागि आउँदो माघ २५ गते उप–चुनाव हुने लागेको हो ।
लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त भएको थियो । आयोगले २४ गते सूचना निकालेर संविधानको धारा २७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको थियो ।