काठमाडौँ । सत्तागठबन्धनका दलहरु सरकारलाई पूर्णता दिन छलफलमा जुटेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई मन्त्रालय भागबण्डा लिएर छिटै पूर्णता दिने पक्षमा दलहरुले छलफल बढाएका हुन् ।
Advertisement
प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने उनले २६ गते विश्वासको मत लिइसकेका छन् । सत्तागठबन्धनको बैठक आज (विहीबार) पनि बस्दैछ ।
मन्त्रिपरिषद् विस्तारमा सहमति हुने प्रधानमन्त्रीको सविचलायले जनाएको छ ।
बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । प्रचण्डलाई विश्वासको मत दिएपनि कांग्रेस, एकिकृत समाजवादी पार्टी सत्ताबाहिरनै रहने भएका छन् ।