सुर्खेत । कर्णाली सरकारको नेतृत्व आलोपालो गर्ने माओवादी र एमालेबीच सहमति भएको छ ।यसअघि कर्णाली सरकारको नेतृत्व गर्न एकलौटी माओवादीलाई दिने सहमति थियो । मुख्यमन्त्रीमा दाबी पेश गर्नु साढे एक घण्टामात्रै बाँकी छँदा नेकपा माओवादी र नेकपा एमालेबीच सहमति भएको हो ।
Advertisement
अब कर्णालीमा सुरूमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई र त्यसपछिको अर्को चरणमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्नेछन् ।
माओवादी कर्णालीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले नेपाल प्रेससँग भने, ‘यहाँको सापेक्षतालाई लिएर हामीले सहमति ग¥यौं । अब प्रदेश प्रमुखसमक्ष दाबी लिएर जाँदैछौं ।’ आजै प्रदेश प्रमुखसामु शर्माले मुख्यमन्त्रीको दाबी पेश गर्नेछन् ।