गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सरकारले राष्ट्रिय सहमतिको सरकारको स्वरुप लिएको बताएका छन् ।गोरखा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले संसदका सबै दलको समर्थनसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरूप लिएको बताए ।
Advertisement
प्रधानमन्त्रीले भने, ‘मैले यसपटक केही गर्नुछ भनेको छु । संसदमा नेपाली कांग्रेससहित दलहरूले विश्वासको मत दिएपछि यसले राष्ट्रिय सहमतिको सरकारको स्वरूप लिएको छ । सबै मिलेर देश बनाउनुपर्छ भन्ने भावना व्यक्त भएको छ ।’
प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सांसद राजेन्द्र बजगाईं सहितको टोली गोरखा गएका हुन् ।