चर्चित पत्रकार प्रेम बाँनियाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति टिप्पणी गरेका छन् । सत्ता बाहिर हुदाँ देखिएको भुमिका सरकारमा पुगेपछि कमजोर बनेको भन्दै उनले आलोचनात्मक व्यग्ंय गरेका हुन् । उनले फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी कोइरी महतोका विषयलाई संकेत गरेका छन् । विश्वासको मतको पक्षमा मतदान गर्न उभिएका महतोले गृहमन्त्रीकै अगाडि पुस्तिकामा हस्ताक्षर गरेका थिए ।
सरकारबाहिर बसेर भ्रष्टाचारका एक–एक फाइल खोल्ने बताएका रविले आफै सलामी खादैं हिडेको पत्रकार बाँनियाको टिप्पणी थियो । उनले फेसबुकमा लेखेका छन्,‘मैले यत्ति भनेको थिएँ, यो संसदीय व्यवस्था ‘बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ’भन्दा डरलाग्दो भइसकेको छ ! साथीहरू, सरकारबाहिर बसेर भ्रष्टाचारका एक–एक फाइल उतारौं !
जनताका मुद्दा लिएर आगामी निर्वाचनका लागि बहुमतको तयारी गरौं, आमुल परिवर्तनका लागि लडौं । तर, साथीहरूले आफूले सलामी खाएरै, अरूको उतारौं भने ! अहिले के देखियो ??? अब “पूर्व गृहमन्त्री”का रूपमा दुई÷चार सिपाही वरिपरी लिएर रमाइलो गरम् !
उनले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकार नगएको भए हुने भन्दै टिप्पणी गरेका थिए । त्यसबेला उनले फेसबुकमा लेखेका थिए,‘ प्रिय रबिजी,
यति हतारपूर्वक सरकारमा नगएको भए हुन्थ्यो भनेको हूँ अब गइसकेपछि इतिहास रच्नेगरी काम गर्नुस्, बदला लिनुस् देश चुसेर डकारिरहेकाहरूसँग र देश बद्ल्ने हिम्मत लिनुस् । हामीले त्यतिकै देश छाडेका होईनौ, न त तपाईंले । अब बद्ल्ने ठाउँमा पुग्नुभएको छ नचुक्नुस् निशानाहरूमा । धेरै शुभकामना !