जनकपुरधाम । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज कुमार यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले आज यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनको शपथ पुस २९ मा हुने भएको छ ।
Advertisement
त्यसअघि यादवले ६३ सांसदको समर्थन सहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक÷एक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ ।
सत्ता साझेदार दलका शीर्ष नेताहरुबीच मधेश प्रदेश सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आधा–आधा कार्यकाल गर्ने सहमति भएको छ । सोही सहमति अनुसार जसपाले पहिलो कार्यकाल नेतृत्व गर्ने अवसर पाएको हो ।