काठमाडौं । नेकपा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेसम्म प्राप्त गरिएका उपलब्धी रक्षा गर्न युवाहरुलाई निर्देशन दिएका छन् । वाईसीएलको तेस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले पार्टी र सरकारलाई सफल बनाउन संगठनको संस्थागत पहलकदमी आवश्यक रहेको बताए ।
संविधान कार्यान्वयनको प्रक्रिया पनि आफ्नै नेतृत्वको सरकारले बनाएको प्रचण्डको भनाइ थियो । पहिलो कार्यकालमा मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोर, गरिब किसानको ऋण मुक्त गर्ने निर्णय गरेपनि कार्यान्वयन गर्न नपाएको उनले बताए ।प्रधानमन्त्रीले दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य, आर्थिक समृद्धिको बाटोमा लागेको बताए ।
उनले भने, ‘अहिले मैलै एउटा संकल्प लिएको छु । यो म एक्लैले गरेर सम्भव हुने कुरा छै्रन । हामीलाई विभिन्न उपलब्धि प्राप्त गर्नका लागि पार्टीका जनसंगठन र युवाहरूले नै महत्वपूर्ण भूमिका खेलेको हो ।’
उनले भने, ‘हिजो हामीले जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाउथ्यौं अहिलेपनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रियाभित्रबाट यो सफलता पार्टी आन्दोलन, नेपाल र नेपालीलाई प्राप्त भएको हो । यसलाई कसैले पनि कम आँक्न हुँदैन ।’