काठ्माण्डौ ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार संसद् विघटनको बाटोमा जान नपाउने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, “हेक्का रहोस्, प्रधानमन्त्रीले जथाभावी प्रतिनिधिसभा विघटन गर्न पाउँदैनन् । ख्याल होस्, त्यो गरेर प्रतिगमनको कदम चालिएको थियो । त्यस्तो नहोस् ।”
Advertisement
उनले वर्तमान सरकारले गफ भन्दा धेरै काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, “गफ ठूलो गर्ने, तर आफैं भ्रष्टाचारको संरक्षक, उत्प्रेरक हुने काम नहोस् ।”
उनले भनेका छन्, “कुरा कम गरौं, काम धेरै गरेर देखाऔं । कुरा सुन्दासुन्दा हाम्रो कान थाकिसक्यो, हामी वाक्क दिक्क भइसक्यो ।” गफाडीको राजा कोहि हुन नहुने बताए ।