काठ्माण्डौ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक केहीबेर अघि संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको हो । बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरिरहेका छन् । प्रचण्डले आज विश्वासको मत लिदैछन् । उनी पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रचण्डलाई सत्तागठबन्धन बाहेक प्रतिपक्षमा रहेका दलहरुले समेत विश्वासको मत दिनेभएका छन् ।
माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । उनलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ ।
केन्द्रीय कार्यसम्पादन समति बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो । प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसीले लिखित असहमति जनाएका छन् । एकिकृत समाजवादी पार्टीले पनि विश्वासको मत दिने भएको छ ।