काठ्माण्डौ । राष्ट्रपतिय निर्वाचनको विरोधहुदा ब्राजिलमा १ हजार बढी पक्राउ परेका छन् । प्रहरीले १ हजार २ सय जनालाई पक्राउ गरेको छ । पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरूले राष्ट्रपतीय निर्वाचनको परिणामको विरोधमा प्रर्दशन गरेका हुन् । राष्ट्रपतिका रुपमा लुइज इनासियो लुला दा सिल्भा शक्तिमा आएपछि विरोधमा स्थानीय उत्रिएका छन् ।
Advertisement
प्रर्दशनकारीहरुले संसद भवन, ब्राजिलका राष्ट्रपतिको कार्यालयमा पनि तोडफोड गरेका छन् । संसद भवनभित्रका भौतिक संरचनामा तोडफोड भएको छ । आइतबार राति प्रर्दशनमा उत्रिएका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो । सो क्रममा ३ सय बढी पक्राउ परेका थिए । प्रहरीले सुरक्षा व्यवस्था निकै कडा बनाएको छ । प्रर्दशनकारीहरुलाई आक्रमण र हिंसामा सहभागी भएकालाई सिसी टिभीबाट पहिचान गरेर पक्राउ गर्न थालेको छ ।