काठ्माण्डौ । राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने पक्षमा उभिएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई आफूले विश्वासको मत नदिने बताए ।
Advertisement
उनले आफ्नो पार्टी जनमोर्चा प्रतिपक्षमा बस्ने जनाए । सोमबार प्रतिनिधिसभा बैठकमा उनले सत्ताका लागि गठबन्धन फेरबहदल हुन गलत भएको अभिव्यक्ति दिएका थिए । प्रचण्डले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिदैछन् ।