काठ्माण्डौ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । महन्थ ठाकुर नेतृत्वको लोसपाले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
Advertisement
लोसपासँग ४ जना सांसद छन् । पुस २४ गतेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो । लोसपाले सरकारलाई विश्वासको मत दिने निर्णयगरेसँगै प्रधानमन्त्री दाहाललाई झण्डै दुई तिहाइ मत मिल्ने देखिएको छ । प्रधानमन्त्री दाहालले १६९ जना सांसद्को समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए।