काठ्माण्डौ । मंसिर ४ को चुनावमा स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुषाल नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गर्ने तयारीमा लागेका छन् । एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर उनी रुपन्देही क्षेत्र नम्बर १ बाट एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।
२०७४ मा उनी रुपन्देही–३ बाट तत्कालिन वाम गठबन्धनको साझा उम्मेदवारबाट निर्वाचित थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि खरो विरोधमा उत्रिएका थिए । उनी ओलीको कठोर आलोचकका रुपमा थिए । भुषाललाई माओवादी केन्द्र, एकिकृत समाजवादीले पार्टी प्रवेश गरेरै मंसिर ४ को चुनाव लड्न समेत प्रस्ताव गरेका थिए ।
भुषाल यही हप्ताभित्रै एकिकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सम्भावना रहेको जनाइएको छ । एकिकृत समाजवादीले पुस २१ मा कार्यदल गठन गरेपछि भुषाललाई औपचारिक प्रस्ताव र प्रक्रिया सुरु भएको देखिन्छ । उनी वाम एकताको पक्षधर समेत हुन् । भुसालले एकीकृत समाजवादीको एकता कार्यदललाई कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण र एकीकरणका लागि प्रस्ताव पनि पठाएको स्रोतले जनाएको छ ।