भरतपुर । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालय घटाउन कार्यदल बनाएका छन् । मुख्यमन्त्रीको पदभार ग्रहण गरेल गत्तै प्रदेशको मन्त्रालय घटाउन कार्यदल निर्माण गरिएको निर्णयमा हस्ताक्षर गरेका छन् ।
Advertisement
मन्त्रालय संख्या कम गर्ने कार्यदलमा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा ५ सदस्य रहेका छन् । कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सहितका मन्त्रालयका सचिव, मुख्यमन्त्री कार्यालयका कानुन सचिव सहित पाँच सदस्यय रहेका छन् । १५ दिनभित्र प्रतिवेदन पेश गर्ने समयसिमा दिइएको छ ।