काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई ससर्त समर्थन गर्ने भएको छ । आज (मंगलबार) बिहान बसेको पार्टीको सचिवालय बैठकले समर्थन गर्ने निर्णय गरेको हो ।
Advertisement
तत्कालिन गठबन्धन भत्काएर नयाँ गठबन्धनको सरकार बनाएका प्रचण्डलाई समर्थन गर्ने नगर्नेबारे अनिर्णित बनेको नेकपा एकिकृत समाजवादीले अन्तत समर्थन गर्ने भएको हो । सरकारलाई समर्थन गरेपछि सरकारमा सहभागि नहुने पार्टीका प्रवक्ता तथा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार सरकारलाई समर्थन गरेपनि प्रतिपक्षको भूमिका निर्वाह गरिनेछ । मंसिर ४ गतेको निर्वाचनबाट एकिकृत समाजवादीले१० वटा सिट जितेको थियो । ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न भने सकेको छैन । सचिवालय बैठकपछि पार्टीको संसदीय दलको बैठक बस्दैछ ।