काठमाडौँ । प्रतिनिधिसभाको बैठक दिउसो १ बजेसम्मकाम लागि स्थगित भएको छ । दलहरुको आन्तरिक छलफल लम्बिएकाले विहान ११ बजे बस्ने भनिएको बैठक दिउसोलाई सारिएको हो । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिदैछन् ।
Advertisement
प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । विश्वासको मत लिनका लागि प्रधानमन्त्री प्रचण्डले १३८ सांसदको समर्थन पुग्नुपर्नेछ । हिजो बसेको पहिलो संसद् बैठकमा प्रचण्डले सबै दलहरूसँग विश्वासको मत दिन आग्रह गरेका थिए । प्रचण्डलाई माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित केही स्वतन्त्र सांसदको समर्थन रहेको छ ।