भरतपुर । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले शपथ लिएका छन् । आज (मंगलबार) विहान ९ः५० बजे शपश लिएका हुन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ खुवाएका हुन् । यसैबीच, सानो आकारको मन्त्रीमण्डल समेत विस्तार भएको छ ।
Advertisement
एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना विभागीय मन्त्रीको रूपमा शमेत सपथ लिएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता जमकट्टेल आफ्नै दलका २१ सांसद, नेकपा एमालेका २७ सांसद, राप्रपाका १३ सांसद, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी जम्मा ७० जना सांसदको समर्थन पाएर सोमबार दिउँसो मुख्यमन्त्री नियुक्त भएका थिए ।