भरतपुर । चितवन राष्ट्रिय निकुञ्जभित्र एक गैडामृत भेटिएको छ । अमलटारी सेक्टर अन्तर्गत कुजौली रेञ्जपोष्टको कार्यक्षेत्र भित्रको नारायणी नदीको भंगालोमा पोथी गैडा मृत भेटिएको हो ।
Advertisement
निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार करिब १८ वर्षको पोथी गैडा २४ गते मृत भेटिएको हो । उनले खाग–खुर सुरक्षितनै पाइएको बताए ।
गैडा प्राकृतिक कारणलेनै मृत्यु भएको अनुमान गरिएको बताए । यो आर्थिक वर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ७ वटा गैडा मृत भेटिएका थिए ।