भरतपुर । गायिका समिक्षा अधिकारीले सोमबार दिउसो सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेकी छन् । उनले आफ्नो गीत कसैले नसुनेपनि स्वरले साथ दिदासम्म गाउने वाचा पनि पोखेकी छन् । उनले अपशव्द भन्नेहरुप्रति प्रश्न पनि गरेकी छन् । उनले फेसबुकमा लेखेकी छन्– तिम्रो के खाएकी छु मैले, तिमिले मलाई अपशव्द भन्ने के हक र साइनो छ ?
उनले लेखेकी छन्– कसैले मेरो गीत नसुनोस्, कसैले मलाई अवसर नदेओस्, म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युव च्यानलमा गाउँछु, मलाई माया गर्ने पनि हुनुहुन्छ ।
उनले गीत सुन्न मन नभए आँफुविरुद्ध अपशव्द नपोख्न अनुरोध गरेकी छन् । उनले विद्वानको उदाहरण दिदै मान्छेका तीन प्रवृत्तिबारे उल्लेख गरेकी छन् । उनले आँफु गायिका हुन जन्मेको उल्लेख गर्दै लेखेकी छन्– सानो उमेरमा छोरी मान्छे बहकिन्छन्, राम्रो नराम्रो छुट्याउन जान्दैनन् । मान्छेका जालझेल बुझ्दैनन् ।” उनले सपनाको द्नियाँमा अगाडी बढ्दा गलत बाटोमा पनि पर्न सक्ने कुरा अभिभावक र समाजले बुझ्नुपर्ने उल्लेख गरेकी छन् ।
यस्तो छ उनको फेसबुक स्टाटस