हेटौंडा । माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले वागमती प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । ७० सांसदको समर्थनसहित माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जम्मकट्टेलले दाबी पेश गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालय हेटौंडा पुगेर जम्कट्टेलले मुख्ममन्त्रीको दाबी गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पेश गरिएको दाबीमा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ , नेकपा एसका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन छ ।
कुल ११० सदस्यीय वागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसद चाहिन्छ । वागमतीको चौथो मुख्यमन्त्रीको रूपमा नियुक्त हुन लागेका शालिकराम धादिङ १ (२) बाट निर्वाचित भएका हुन् ।
Advertisement