काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार फेरबदलको खेलमा नलाग्न दलहरुलाई आग्रह गरेका छन् । अहिले अवसर र चुनौती रहेको उनले बताए । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले देश विकास र जनताको सेवामा अग्रसर हुनुपर्ने बताए।
Advertisement
उनले भने, ‘राजनीतिलाई ठिक ढंगबाट अगाडि बढाउनुपर्ने मुख्य जिम्मेवारी सदनसमक्ष छन्। हाम्रा अगाडि राष्ट्रियताका प्रश्न छन्। हामीले कतिपय समस्याको समाधान गर्नुपर्ने छ ।’
जनताले परिवर्तनको आकांक्षा राखेकै कारणले नयाँ पार्टीको उदय भएको उनको भनाइ छ । उनले भने, ‘व्यक्तिको मान सम्मानको लागि होइन, देश चलाउनका लागि हामीले सरकार बनाउनुपर्छ। जनताको काम गर्न सरकार चाहिन्छ ।’