(अनिल बानिया) भरतपुर, पश्चिम चितवन जगतपुरमा प्रवेश गरेको जंगली हात्तीले इको वाइल्ड लाइफ रिसोर्टमा क्षति पुर्याएको छ । भरतपुर वडा न २३ मा रहेको सो रिसोर्टमा आज विहान ४ बजेको समयमा जगंली हात्ति प्रबेश गरेको थियो । दक्षिणबाट रिर्सोटमा प्रवेश गरेको हात्तीले भान्सा भत्काएको हो ।
भान्सा कोठाको मुख्य ढोका फोरेर सिसाहरु फुटाउनुको साथै झ्यालबाट भित्र राखिएको दुइ बोरा चामल, एक बोरा दाल र अन्य मरमसला सहित भान्साका भाडाहरु बाहिर ल्याएर लथालिगं बनाएको छ । हात्तिले अन्य क्षेत्रमा कुनै क्षति नपुर्याएको इको वाइल्ड लाइफ रिसोर्टका कर्मचारी बन्धु दराईले बताए ।
रिर्सोटका प्रबन्धक विजयराज शर्माका अनुसार कुनै मानविय क्षती भने भएको छैन । तर यसरी जंगली हात्ती जगतपुर बजार क्षेत्र र होटलमा प्रबेश गर्नु अत्यन्त दुखदायी रहेको उनले बताए । यसबारे आफुले छिट्टै निकुञ्जका कर्मचारीसँग कुराकानी गर्ने र जंगली हात्तीलाई मानववस्ती आउन कसरी रोक्न सकिन्छ छिट्टै पहलकदमी चाल्नेबारे सल्लाह सुझाव लिने बताए ।