भरतपुर । नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य तथा भरतपुर महानगरकि मेयर रेनु दाहालले कांग्रेसले विश्वासको मत दिने दावी गरेकि छन् । कपुरबोट मिडियासँग कुराकानी गर्दै उनले भनिन्, “कांग्रेसले गुन तिर्न भएपनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्छ ।”
उनले देशलाई विकास, समृद्धिका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन कांग्रेसले सघाउने बताइन् । भोलि मंगलबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिदैछन् । केहि दिन पहिलेको सत्तागठबन्धनका प्रमुख नेता केपी ओलीसँगको भेटबारे उनले भनिन्,”भरतपुर महानगरको विकास देखेर उहाँ पनि खुशी हुनुहुदोरहेछ ।”
Advertisement