काठमाडौँ । सत्ताबाहिर रहेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रतिपक्षमा पुगेका कांग्रेस, एकिकृत समाजवादीले नयाँ रणनीति बनाउन छलफल गरेका छन् ।
Advertisement
शुक्रबार साँझ उनीहरुबीच भेटवार्ता भएको हो । नेकपा एसका अध्यक्ष नेपालले प्रचण्डलाई विश्वासको मत नदिने बताएका छन् । कांग्रेसले नयाँ गठबन्धन बनाउन लागेको चर्चा समेत चलेको छ ।