काठ्माण्डौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले नयाँ गठबन्धन बनाउन लागेको चर्चाको खण्डन गरेका छन् । उनले कांग्रेसले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको जीकिर गरेका छन् । उनले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।
Advertisement
पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले भने, “हामीले तत्काल नजाने गाउँको बाटो सोधिरहेका छैनौँ, कसैलाई अघि लाग है भनेर पनि भनेका छैनौँ ।” उनले कांग्रेसले नयाँ प्रधानमन्त्री बनाउन कुनै कसरत नगरेको स्पष्ट पारे । ‘नेपाली कांग्रेस अहिले यस्तो कुरामा विलकुलै संलग्न छैन,’ उनले भने, ‘भर्खरै बाहिरिएको अवस्थामा जिम्मेवार र भूमिकामा रहन छाडेर हामीबाट संस्थागत रूपमा कहीँ पनि त्यस्तो भइरहेको छैन ।’ उनले प्रधानमन्त्री बन्न पार्टीले कसैलाई प्रस्ताव गरेको बारे आँफुलाई थाहा नभएको बताए ।