काठ्माण्डौ । निर्मला पन्तको हत्याको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ परेका छन् । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको २०७५ साउन ११ गते स्थानीय उखुबारीमा मृत भेटिएकी थिइन् ।
शवको प्रकृति र शवको परीक्षणको रिपोर्टपछि उनको बलात्कार पछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका २ जनाको डीएनए परीक्षण गरिँदै छ । निर्मला हत्याको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिररहेको छ ।
सीआईबी टोलीले कञ्चनपुरमै पुगेर अनुसन्धान थालिरहेको छ । केहि दिन पहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीआईजी दुर्गा सिंहको नेतृत्वमा छानबिन समिति बनेको थियो । सिंहको टोली अहिले अनुसन्धानको लागि कञ्चनपुर पुगेको छ । सांसद रवि लामिछाने गृहमन्त्री भएर सपथ लिएलगत्तै निर्मलाको हत्या प्रकरणको छानविन गर्ने प्रतिवद्धता जनाएका थिए ।