भरतपुर । भरतपुर महानगरको वडा नम्बर २३ मा एकैसाथ ४ वटा ठुला डिप ट्युबेलहरु राखिएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाई आयोजना अन्र्तगत बनाइएका डिप ट्युबेलहरु भरतपुर महानगरका मेयर रेनु दाहालले उद्घाटन गरेकी छन् । जगतपुरको बिक्रमबाबा डिप ट्युबेल निर्माणमा ८६ लाख ८३ हजार लगानी भएको छ । यस्तै मधुपुरीमा ३ वटा डिप ट्युबेलहरु निर्माण भएका छन् । नारायणी डिप ट्युबेल निर्माणमा ८३ लाख ९५ हजार लगानी भएको छ । यस्तै सत्यानारायण डिप ट्युबेल निर्माणमा ८१ लाख ५८ हजार लगानी भएको छ ।
यस्तै विकासटोल डिप ट्युबेल निर्माणमा ९४ लाख ९४ हजार लगानी भएको छ । प्रति ट्युबेलले ३५ विघा जमिन सिञ्चित गर्न सकिनेछ । मेयर दाहालले भरतपुर महानगरका सबै वडामा सिँचाई सेवा पु¥याउने लक्ष्य रहेको बताइन् । “सिँचाई अभावमा कुनैपनि जग्गा खाली रहनेछैनन्”, उनले भनिन्, “कृषि उत्पादनको हब बनाउन सबै वडामा सिँचाई सु्विधा पु¥याइनेछ ।” मेयर दाहालले यसपालीपनि १ सय बढी बोरिङका योजनाहरु कार्यान्वयनका चरणमा रहेको जानकारी दिइन् । “महानगरका किसान उत्साहित छन्, किसानमैत्री धेरै कार्यक्रमहरु लागु हुदैछन्”, उनले भने, “महानगरका हरेक जग्गा सिँचित क्षेत्रयुक्त बन्नेछन् ।”
उनका अनुसार महानगरभित्र ६० वटा ठुला डिप ट्युवेल, ३ सय २५ वटा स्यालो ट्युबेल निर्माण भैसकेका छन् । “बोरिङमार्फत झण्डै ४ सय बढी विघामा सिँचाई सुविधा पुगिसकेको छ”, उनले भनिन्, “बाह्रैमास खेती गरेर उत्पादन लिन सकिने अवस्था निर्माण हुदैछ ।” भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले सुख्खा क्षेत्रमा समेत सिँचाई सुविधा विस्तारहुदा स्थानीय खुशी बनेको बताए ।
विगतमा खगेरी नहर नियमित सञ्चालनमा नआउँदा किसानले पानीका लागि आकाशको भर पर्नुपर्ने अवस्था रहेको थियो । “जगतपुर, मधुपुरी अब तरकारी उत्पादनको क्षेत्रका रुपमा विकास हुनेछ”, उनले भने, “बाह्रैमास तरकारी खेती हुने सहज वातावरण बन्नेछ ।”