काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । उनले बिहीबार पूर्वराजा शाहसँग डेढघण्टा लामो कुराकानी भएको आफ्नो फेसबुकमा लेखेका छन् ।
Advertisement
उनले यसअघि सन् २००७ मा पत्रकार हुँदा नै ज्ञानेन्द्र शाहसँग भेट भएको पनि उल्लेख गरेका छन् । १५ वर्षपछि मिश्रले पूर्वराजा ज्ञानेन्द्रसँग भेटेका हुन् ।
उनले लेखेका छन् ‘असोचनीयस्तरको प्रतिकूलता व्योहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था । बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष ।’